Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोजपुरमा चुनावका लागि सेना बोकेर हिँडेको बस दुर्घटना


    बुधबार, फाल्गुन ६ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।

    भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

    बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार