काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङका तिनै क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
यसअघि एमाले र प्रलोपाले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा आपसी सहयोग गर्ने समझदारी गरेका थिए । सोहीअनुसार दाङका तीनै क्षेत्रमा प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।
दाङ-२ मा प्रलोपाका उम्मेदवार रहेका प्रतिक अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने निर्णय भएको छ ।
यता दाङ– ३ मा प्रलोपाका घनश्याम डाँगीको उम्मेदवारी यसअघि नै निष्क्रिय गरी एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गरिएको थियो । त्यस्तै प्रलोपाले दाङ-१ मा भने उम्मेदवारी दर्ता नै गरेको थिएन । त्यहाँ एमालेका रेवतीरमण शर्मा उम्मेदवार छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend