बझाङ। सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् ।
चन्द समूहका नेता–कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताए । कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।
चन्द समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही विसं २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मंसिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत बझाङले तीन जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो भने थापालाई थप दुई बहुविवाह तथा चोरी मुद्दा समेत लगाएको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।
यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा चन्द समूहका पाँच नेता कार्यकर्ता रहेको र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केही समय लाग्नसक्ने बताए ।
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २१ गते ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्या वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपाका माथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो ।
सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया पुर्याएर कारागारमा रहेका सबै विप्लव समूहका कार्यकर्तालाई छाडिने बताएका थिए । प्रधानमन्त्री ओलीले कारागारमा रहेका विप्लव कार्यकर्ता छाड्न तत्काल शुरु भएको बताए पनि विप्लव समूहका सबै कार्यकर्ता अझै छुटिसकेका छैनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend