Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको भाउ लगातार घट्दै, कतिमा हुदैछ कारोबार ?


    बुधबार, फाल्गुन ६ २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सुनचाँदीकै भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको १५ सय रुपैयाँ घटेको हो।

    बुधबार छापवाल सुन प्रतितोला भाउ आज तीन लाख चारसयमा झरेको महासंघले जनाएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको थियो।

    गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो।

    आज चाँदीको भाउ पनि घटेको छ। प्रतितोला ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८० रुपैयाँमा झरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार