Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालेन र रविले आज धनगढीमा सम्बोधन गर्ने


    बुधबार, फाल्गुन ६ २०८२
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ ।

    रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो ।

    चुनावी सभाको लागि लामिछाने हिजै धनगढी पुगिसकेका छन् भने शाह आज जाँदैछन् । ११ बजेदेखि चुनावी सभा सुरु हुने रास्वपाले जनाएको छ ।

    रास्वपाका अनुसार धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार