Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने बरु एक पटक लडाई लड्छु, ओली प्रवृतिसँग सम्झौता गर्दिन


    बिहिबार, फाल्गुन २७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृतिसँग सम्झौता नगर्ने बताएका छन् । प्रचण्डले ओलीको प्रवृतिसँग सम्झौता  गर्नु भनेको आफुहरुको सम्पूर्ण चिज ध्वस्त हुनु हो भनेका छन् । 

     आज बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी निकट नयाँ नमूना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म अब फेरि जेल जान पनि तयार, मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ।’
    जनयुद्ध शुरु गर्दा आफू ४२ वर्षको रहेको र अहिले ६६–६७ वर्षको भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘माओले ७२ वर्षको उमेरमा साँस्कृतिक क्रान्ति गरेका हुन्, म पनि अहिले नै छाड्ने छैन, देश र जनताका लागि एक लडाइँ लड्ने छु ।’उनले अब काठमाडौं भन्दा बाहिर केन्द्रीत भएर राजनीतिक सक्रियता बनाउने सोंचमा आफू रहेको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार