Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार घट्यो सुनको भाउ, तोलाको कतिमा हुदैछ कारोबार ?


    मंगलबार, फाल्गुन ५ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

    मंगलबार छापवाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार चाँदी २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ८८ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार