काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबिपरीत समाचार सम्प्रेषण गर्ने सेतोपाटी डटकममाथि कारबाही प्रारम्भ गरेको छ ।
काउन्सिलले सोमबार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन आचारसंहिता बिपरीत ‘यो उम्मेदवारले जित्नेछ’ भनी एकपक्षीय समाचार प्रकाशित गर्ने सेतोपाटीमाथि कारबाही प्रारम्भ भइसकेको जनाएको छ ।
सेतोपाटीले आइतबार निर्वाचन आचारसंहिताबिपरीत चितवन ३ मा एक उम्मेदवारले जित्ने निश्चित भएको समाचार प्रकाशित गरेपछि ब्यापक बिरोध भएको थियो । प्रेस काउन्सिलले संचारमाध्यम र पत्रकारहरुको अनुगमन गर्दैआएको जनाएको छ ।
काउन्सिलको विज्ञप्तिमा उल्लेख छ–‘अनुगमन क्रममा केही सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सन्जालका प्रयोगकर्ताबाट ‘यो वा त्यो पार्टीको उम्मेदवारले जित्ने’ ‘कसलाई भोट दिनुहुन्छ ?’ सोध्ने र ‘यसलाई भोट दिन्छुु’ भनी अभिव्यक्त गरिएका सामग्रीलाई मतदाताको गोपनीयता भङ्ग हुनेगरी सम्प्रेषण गर्ने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने किसिमको भ्रमपूर्ण, कुनै दलको पक्षपोषण हुने गरी एकपक्षीयरूपमा सिलसिलेवार सामग्री सम्प्रेषण गर्ने गरेको देखिएकाले
।
२०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको छ । विगतमा झैँ यो निर्वाचनमा पनि पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा काउन्सिलले विशेष अनुगमन गरिरहेको छ ।
अनुगमनका क्रममा केही सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सन्जालका प्रयोगकर्ताबाट ‘यो वा त्यो पार्टीको उम्मेदवारले जित्ने’ ‘कसलाई भोट दिनुहुन्छ ?’ भनी सोध्ने र ‘यसलाई भोट दिन्छुु’ भनी अभिव्यक्त गरिएका सामग्रीलाई मतदाताको गोपनीयता भङ्ग हुनेगरी सम्प्रेषण गर्ने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने किसिमको भ्रमपूर्ण, कुनै दलको पक्षपोषण हुने गरी एकपक्षीयरूपमा सिलसिलेवार सामग्री सम्प्रेषण गर्ने गरेको देखिएको छ ।
पछिल्लो समय सेतोपाटी डटकमबाट २०८२ फागुन ३ गते निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट चुनावी विश्लेषण भनी मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम नै किटान गरी ‘जित्नेछन्’ सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ ) र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुरूप कारबाही प्रकिया प्रारम्भ गरिएको छ ।
पत्रकार तथा सञ्चार माध्यमले ‘सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्ने, कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि, त्यस्तो मतको सर्वेक्षण गर्दा प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाई प्रस्तुत गर्नुपर्ने’ पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचनको समयमा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने’ निर्वाचन आचारसंहिता २०८२ मा व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुनजाने बेहोरा सम्बन्धित सबैलाई पुनः स्मरण गराउन चाहन्छौं ।
अतः निष्पक्ष निर्वाचन एवं मतदाताको विवेकलाई आमसञ्चार माध्यमले सम्मान गर्नुपर्ने हुँदा तदनुरूप सामग्री सम्प्रेषण गर्न साथै मतदाताको विवेकलाई प्रभाव पार्ने किसिमबाट विश्लेषण र मत सर्वेक्षणसहितको सामग्रीलाई स्थान नदिन, कसैको पक्ष वा विपक्षमा, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुग्ने किसिमबाट गलत र दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्नरनगराउन एवं गोप्य मतदानको अधिकार समेतमा प्रतिकूल प्रभाव पर्ने विषयमा संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ ।’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend