Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह


    बिहिबार, फाल्गुन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ ।

    उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भन्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गर्नुभयो । उहाँले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिनुभयो ।

    उहाँले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार