Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काँग्रेसले बोलायो अनुशासन समितिको बैठक


    सोमबार, फाल्गुन ४ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

    समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

    बैठकमा पार्टीको समसामयिक विषय, विगतमा गरिएको अनुशासनको कारबाहीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

    काँग्रेसमा केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति बनेको छ। सदस्यहरूमा धना खतिवडा र सुवासकुमार पोखरेल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार