काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् । त्यसले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।
उनले आज (सोमबार) फेसबुकमास्टाटस पोस्ट गर्दै चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियान पाएको माया र समर्थनले उत्साहित बनाएको बताएकी हुन्। ‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ,’ उनले फेसबुकमा लेखेकी छन् ।
भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ ।
निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् ।
उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend