Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार रुपैयाँ घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    सोमबार, फाल्गुन ४ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार ३ हजार रुपैयाँ घटेको हो ।

    आज छापवाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम छ। हिजो आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार