एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला झापा ५ मा उम्मेदवार भेटघाटमा व्यस्त छन्।
उनले आज दिनभर झापा ५ अन्तर्गत दमक नगरपालिकाका मुख्य चोकहरूमा पुगेर मतदातासँग भेटवार्ता गर्दैछन्
निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले आज बिहान ११ बजे दमक ५ को यलम्बर चोकबाट मतदाता भेटघाट सुरु गर्ने तालिका छ।
त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शङ्खधर चोकमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ भने दिउँसो १ बजे दमक ७ को तविन चोक र २ बजे दमक १ को हाबलदार चोकमा कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ।
सोमबार अपरान्ह ३ बजे दमक २ स्थित दमक फन पार्कमा स्थानीयसँग भेट गरेपछि ओली ४ बजे दमक ३ को आमचोकको कार्यक्रममा पुग्ने तालिका छ। आमचोकमै आजको दिनभरिको भेटघाट कार्यक्रम समापन गर्ने तालिका छ।
यसअघि ओली आइतबार दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित नेपाल शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा ओलीले देशमा भएका आगजनी र तोडफोडका घटनामा युवा पुस्ता ९जेनजी० को नभई अपराधीहरूको हात रहेको दाबी गरेका थिए।
उनले शिक्षक र विद्यार्थीले नभएर युवा आन्दोलनमा घुसपैठ गर्ने अपराधीहरूले यस्तो वितण्डा मच्चाएको बताए।
उनले आफू प्रधानमन्त्री हुँदा वार्ताका लागि पटक९पटक आह्वान गरे पनि शिक्षक संगठनका प्रतिनिधिहरू वार्तामा नआई केवल विरोधमा मात्र उत्रिएकाले समस्याको निकास निस्कन नसकेको टिप्पणी गरे।
विशेषगरी कांग्रेस र माओवादी निकट शिक्षकहरूले सरकारको मात्र विरोध गरेका कारण आन्दोलनले सही दिशा लिन नसकेको उनको भनाइ थियो
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend