काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्ना प्राथमिकता, वर्तमान अवस्था र लक्ष्य समेटिएका बुँदासहित करारपत्र सार्वजनिक गरेको हो ।
करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशिता, सनातन सभ्यताको सम्मान, धार्मिक, सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
आइतबार रवि लामिछाने ले सार्वजनिक गरेको करारपत्रको नमुनामा पाँच विषय समेटिएका छन् ।
पहिलो, सदाचार र असल शासन: भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने तथा २०४६ सालयताकै सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने उल्लेख छ ।
दोस्रो, मध्यम वर्गीय विस्तार: नागरिकको औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने र जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने लक्ष्य राखिएको छ ।
तेस्रो, काम : १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ ।
चौथो, कनेक्टिभिटी: गुणस्तरीय सडक तथा हवाई सञ्जाल विस्तार, सुलभ इन्टरनेटको व्यवस्था र १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।
पाँचौँ, प्रवास: विदेशमा बस्ने नेपालीका लागि अनलाइन मतदानको व्यवस्था, सुरक्षित लगानीको वातावरण, सम्मानित देशफिर्ती तथा मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उल्लेख छ ।
चुनाव लक्षित करारपत्रबारे विस्तृत विवरण भने फागुन ७ गते सार्वजनिक गरिने लामिछानेले जनाएका छन् ।

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend