काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बङ्गलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन् ।
आज आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालमा पनि निर्वाचनको परिणाम बङ्गलादेशको जस्तै आउने बताएका हुन् ।
बङ्गलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो । चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए ।
चुनावी अभियानका लागि उनी काठमाडौंबाट आइतबार झापा फर्किएका हुन् । उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन् ।
केही दिन काठमाडौं बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए । अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ ।
ओलीले अब चुनाव हुने आशा बढेको बताए । ‘चुनावको वातावरण सरकारले बनाउने हो । हामी यसै भन्न सकेनौँ,’ ओलीले भने, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी । चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो। ‘चुनाव हुने भए हामी भाग लिन्छौँ,’ ओलीले भने ।
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend