काठमाडौँ। भारत जारी आइसीसी टी–२०विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट बाहिरिएको हो। जारी विश्वकपमा सुपर ८ दौडबाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। नेपाल समूह सीमा रहेको छ।
यसअघि समूह बी बाट ओमान सुपर ८ दौडबाट बाहिरिसकेको छ।
नेपाललाई हराएपछि वेस्ट इन्डिज भने एक खेल अगावै सुपर ८ मा पुगेको छ। जारी विश्वकपमा सुपर ८ मा पुग्ने वेस्ट इन्डिज पहिलो टोली बनेको छ।
समूह सी मा रहेको वेस्ट इन्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्।
नेपालले दिएको १ सय १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५।२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे।
त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको थियो।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend