Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • टी–२० विश्वकप: इटालीसँग नेपाल १० विकेटले पराजित


    बिहिबार, माघ २९ २०८२
    630
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ।

    भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।

    टी९२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन।

    पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेको थियो।

    नेपाल भने समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने सँघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दै छ। यी दुवै खेल जिते पनि नेपालको हातमा सुपर-८ पुग्ने समीकरण हुने छैन।

    नेपालमाथि सहज जित निकाल्ने क्रममा इटालीले १२४ रनको लक्ष्य १२.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। उसले ४४ बल खेल्न बाँकी छदा लक्ष्य पूरा गरेको हो।

    इटालीका लागि जस्टिन मोस्काले नटआउट ६० रन र एन्थोनी मोस्काले नटआउट ६२ रन बनाए। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।

    उसका लागि मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे। नेपाली ब्याटरले संघर्ष गरेको पिचमा उनीहरूकै सजिलै रन प्रहार गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार