Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री बादल एमालेको उपाध्यक्ष बन्ने, लेखराज पनि माओवादीमा नफर्कने


    बुधबार, फाल्गुन २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादीको कोटामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका लेखराज भट्ट केपी ओलीतिरै लाग्ने भएका छन् । उनले आफू नेकपा माओवादी केन्द्रमा नफर्कने संकेत गरेका छन् ।

    बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँगको कुराकानीमा भट्टले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।

    सांसद पद गए पनि एमालेमै रहनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘समर्थन फिर्ता लिए पनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पदका बारेमा पछि पनि छलफल गर्दैछौं । कानुनी प्रक्रियाको अध्ययनपछि निष्कर्ष निकाल्छौं ।’

    माओवादी कोटाबाट ओलीको सरकारमा उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी, सहरी विकास मन्त्री प्रभु साह र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका प्रत्यक्ष जितेका सांसद हुन् । युवा तथा खेलकुद मन्त्री  दावा लामा प्रदेश सभा सदस्यमा पराजीत भएका हुन् भने खानेपानी मन्त्री मणि थापा सांसद नै होइनन् ।

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्य हुन्् । उनलाई एमालेले उपाध्यक्ष बनाउने तयारी गरेको छ । 
    उनीहरु माओवादी केन्द्रमा नफर्र्किएमा सांसद पद नै चट् हुन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार