Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्दा बढ्यो चाँदी, तोलाको कति पुग्यो ?


    बिहिबार, माघ २९ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ। हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार