Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदीकै भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, माघ २८ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो।

    बुधबार छापवाल सुन प्रतितोला तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन तोलामा तीन लाख ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार