काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । पहिलो दिनको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेशको बिरोध गर्दै कांग्रेस र जसपाले सदन अवरुद्ध गरेपछि संसद बैठक ३ दिनका लागि पर सारिएको थियो ।
आजको बैठकअघि नै नेपाली कांग्रेस र जसपाले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सूचना दर्ता गराएका छन् । आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । त्यसअघि नै कांग्रेस र जसपाका सांसदले अध्यादेश खारेज हुनुपर्ने सूचना दर्ता गराएका छन् ।
काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका छन् ।
सूचना दर्ता भएकाले आज सदन सुचारु हुने कांग्रेसले जनाएको छ । सरकारले गएको मंसिर अन्तिममा जारी गरेको अध्यादेश पारित हुन नदिने रणनीतिमा जसपा र कांग्रेस छन् । त्यसमा माओवादीले साथ दिएमा अध्यादेश फेल हुन्छ ।
संसदको सोमबार सार्वजनिक गरिएको कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने उल्लेख छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend