Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंगलबार सुनको भाउ बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ २७ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउमा सामान्य बढेको छ । सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

    त्यसैगरी, आज मंगलबार चाँदीको भाउ भने सामान्य घटेको छ । हिजो सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम छ ।

    हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार