Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


    सोमबार, माघ २६ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो।

    आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार