Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने


    बुधबार, फाल्गुन २६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । फागुन २३ मा बसेको प्रतिनिधिसभाको पहिलो बैठककै दिन सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै एमाले–माओवादीको एकता नै खारेज गरी दुवै पार्टीलाई पुनस्र्थापित गरिदिएको थियो ।

    नेकपाको एकता खारेजीसँगै २३ गतेको बैठक दिवगंत पूर्व र हालको ससदका सदस्यहरुलाई श्रद्धान्जली दिने र अध्यादेश प्रस्तुत गरी अन्त्य भएको थियो ।

    आजको संसद बैठक १ बजे सुरु हुँदैछ । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ । २३ फागुनमा नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशको बिरोधमा सदन अवरुद्ध गर्दा १० मिनेट बैठक स्थगित भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार