Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनता समाजवादी फुटाएर सरकार टिकाउने ओली प्रयासमा उपेन्द्र–बाबुरामले लगाए ब्रेक


    बुधबार, फाल्गुन २६ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधामनमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीमा विभाजन ल्याई सरकार टिकाउन खोजे पनि उनको प्रयासले मूर्तरुप लिन सकेको छैन । जसपाको मगलबार साँझ बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निर्णय गरेकोे छ ।  जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले भने, प्रतिगामी कदम चाल्ने ओलीको सरकारमा जान नसकिने निष्कर्ष निकालेको छ । ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको यादवले बताएका छन् ।

    ओलीले पुस ५ गते प्रतिनिधिसभा बिघटन गरेपछि त्यस कदमको जसपा नेपालले बिरोध गर्दै आन्दोलन गरेको थियो ।

    ओलीलाई समर्थन गरेर सरकार बनाएमा मधेशमा त्यसको विरोध हुने भएकाले उनीसँग सहकार्य नगर्न सांसदहरुले सुझाव दिएको बैठकमा यादवले बताए । पार्टीले वार्ता जुन दलसँग पनि गर्नसक्छ, जसले आफूहरुको माग पुरा गर्छ उसैलाई सहयोग गर्ने कुरा पनि हुनसक्छ तर यसपाली माग पूरा नभएसम्म सरकारमा जाने कुरा हुँदैन भन्ने धारणा सांसदहरुले राखेको यादव बताउँछन् ।

    मंगलबार लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता समितिमा राखिएपछि जसपा ओलीसँग सरकारमा जान लागेको चर्चा भएको थियो । ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरसँग सुटुक्क सहमति गरेको र रोजेको मन्त्रालय, उपसभामुख सबै दिने प्रस्ताव गरेपछि दल नै विभाजन गरी ठाकुर सरकारमा जाने तयारीमा रहेको समाचारहरु सार्वजनिक भएका थिए । तर संसदीय दलमा ठाकुरको वार्ताटोली गठनको चर्को बिरोध भएपछि टोलीमा अरु नेतालाई पनि राखिने तय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार