Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ हजार २ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, माघ २३ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लाग्न थालेको छ । बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबर पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

    त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार