Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजपासँग ओलीको सत्तायात्रा हुँदै, बुढानीलकण्ठमा प्रचण्ड–देउवा छलफल


    मंगलबार, फाल्गुन २५ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले एमाले–माओवादी अलग पार्टी हुने फैसला गरेसँगै सरकार निर्माणका लागि दलहरुबीच वार्ता भइरहेका छन् । 

    प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सत्ता सहयात्राका लागि लगभग सहमति नै गरिसकेपछि त्यसलाई औपचारिकता दिन वार्ता समिति बनाएका छन् । जसपाले सांसद रेशम चौधरीको रिहाइको सर्त अघि सारेको छ । प्रधानमन्त्री ओलीले चौधरीलाई रिहा गर्ने सर्त स्वीकार गरी जसपासँग सरकार गठनको लागि सहमति गर्न लागेको स्रोत बताउँछ ।

    महन्थ ठाकुरले राजपाका १७ र उपेन्द्र यादवका पनि केही सास्द ल्याउनेगरी ओलीसँग अनौपचारिक सहमति गरिसकेको चर्चा जसपामा बृत्तमा छ ।

    उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई जिल्लाराम पार्दै महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीसँग सत्तामा जाने सहमति गरिसकेको स्रोतको दाबी छ । ओलीले जसपासँग सत्ता सहयात्रा तय गरिसकेको अवस्थामा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजनीतिक वार्ता थालेका छन्। मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा पुगेका छन् ।

    मंगलबारको माओवादी केन्द्रको स्थायी समिति बैठक सकेर प्रचण्ड सिधैँ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार