काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि उसले विश्वासको मत लिनुपर्ने भएको छ । सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी अलग अलग पार्टीका रुपमा पुनस्र्थापित भएका छन् । माओवादी केन्द्र अलग हुनासाथ ओली सरकार अल्पमतमा परेको छ ।
प्रधानमन्त्री ओलीले बहुमत पुर्याउनका लागि जनता समाजवादी पार्टी लगायतका दलहरुसँग परामर्श थालेका छन् । जनता समाजवादी पार्टीले एमालेसँग वार्ताका लागि सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई खटाएका छन् । एमालेले सुवास नेम्वाङ र बिष्णु पौडेललाई जसपासँग वार्ताका लागि तोकेको छ । जसपाले टीकापुर हत्याकाण्डमा थुनामा रहेका रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषय उठाएको छ । चौधरी अदालतको आदेशमा थुनामा छन् ।
जसपासँग ३४ सांसद रहेकोमा हरिनारायण रौनियारलाई भ्रष्टाचार मुद्दा लागेकाले निलम्बित छन् भने रेशम चौधरी टीकापुर काण्डमा जेलमा भएकाले ३२ सांसदले मात्र मत दिन पाउनेछन् । ओली सरकारलाई एमालेको १२० सांसद भएकाले १८ सांसदको समर्थन आवश्यक पर्छ । जसपासँग सहमति भएमा ओली सरकारको पक्षमा १५२ सांसदको बहुमत हुनेछ । १३८ सांसद भए सरकार बनाउन बहुमत पुग्छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend