Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ एकैदिन साढे १४ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    बुधबार, माघ २१ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ हजार चार सय रुपैयाँले बढेको हो।

    आज छापवाल सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार