Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस र जसपासँग वार्ता गर्ने, ओली सरकारलाई दिएको समर्थन अहिल्यै फिर्ता नहुनेः नारायणकाजी श्रेष्ठ


    मंगलबार, फाल्गुन २५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपाको एकतालाई बदर गरेपछि अलग अलग पार्टीका रुपमा पुनस्र्थापित गरिसकेपछि आज माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकले बैकल्पिक सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्नेबारेमा छलफल गरेको छ ।

    कांग्रेस र जसपासँगको वार्ता सफल भएमा सरकारबाट समर्थन फिर्ता लिनुपर्ने तर्क स्थायी समिति सदस्यहरुले राखेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसपा र एमालेसँग छलफल गरेर त्यसपछि मात्र निर्णय लिनेछ ।

    पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता अहिले नलिएको श्रेष्ठले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार