Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ २० २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले बढेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार