Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १८ हजार ८०० सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, माघ १८ २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेको हो।

    आइतबार छापवाल सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार