मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् । नेकपा (एमाले )मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताएका छन् ।
मन्त्री ढकालले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखेको बताएका छन् ।
ढकालले निर्वाचनका समयमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराका साथ विजयी भएका प्रतिपक्षका नेतालाई जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाएका छन् ।
उनले आजको अवस्थामा हिजोका एमालेलाई जनताको साथ लिएर हिँड्न आग्रह गर्दै स्थानीय निकायलगायत अन्य योजनामा नागरिकको प्रत्यक्ष सहभागिताका लागि जोड दिएका छन् । मन्त्री ढकालले आगामी एक हप्ताभित्र मोरङका १७ स्थानीय पालिका र वडाहरुमा सङ्गठन विस्तार गरी कार्यालय स्थापनाका लागि अनुरोध गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्यद्वय गुरु बराल, विनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, महिला सङ्घका केन्द्रीय सदस्य सङ्गीता दाहाल र हेमराज पन्तले अन्योलको निकास आएकामा कार्यकर्तामा उत्साह छाएको छ भन्दै विगत दुई वर्षमा नभएको काम दुई महिनामा भएको धारणा व्यक्त गरेका छन् ।
सोही अवसरमा मन्त्री ढकालले नेपाल विद्यार्थी सङ्घ परित्याग गरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत समेत गरेका थिए । विराटनगर–११ स्थित पार्टीको पुरानो कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमाले कार्यालयको शुभारम्भ गरिएको हो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend