Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लवले मागे प्रचण्डसँग १९ अर्बको हिसाबकिताव


    सोमबार, फाल्गुन २४ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको आदेशले राजनीतिक धक्का पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेत्रविक्रम चन्द विप्लवले १० अर्ब रुपैयाँको हिसाबकिताव मागेर थप तनावमा पार्ने काम गरेका छन् ।  

     भर्खरै शान्तिप्रक्रियामा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ‘प्रचण्ड’लाई जनमुक्ति सेनाको १९ अर्ब खै भनी प्रश्न गरेका छन् ।
    सरकार र बिप्लव समूहबीच सहमति भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका महासचिव विप्लवले प्रचण्डलाई शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रश्न गरेका हुन् ।

    सोमबार कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनमा उनले उक्त रकमबारे प्रश्न गरेका हुन् ।

    ‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कसले खायो, विप्लवले प्रचण्डतर्फ इंगित गर्दै भने,‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ ।’ आफूहरु माओवादीमा रहँदा पनि यसबारे आवाज उठाएको स्मरण गराउदै उनले भने,‘हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं ।’

    यसैगरी उनले ‘प्रचण्डले हाम्रा एक नेतालाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैन भन्नुभएछ । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार