काठमाडौँ । अर्थ मन्त्रालयले आगामी निर्वाचन सञ्चालनसँग सम्बन्धित तयारीका लागि विभिन्न निकायलाई बजेट स्रोत सुनिश्चित गरेको जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ, जसअन्तर्गत हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।
निर्वाचन आयोगका लागि २१ फागुनमा तोकिएको निर्वाचनको व्यवस्थापन खर्च जुटाउन १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो। त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ। यसरी आयोगका लागि स्वीकृत कुल स्रोत सहमति ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ।
मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो। हालसम्म आयोगले कुल ६ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरिसकेको तथ्यांकमा उल्लेख छ।
निर्वाचन सुरक्षासँग सम्बन्धित निकायहरूलाई पनि आवश्यक बजेट स्वीकृत गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति प्रदान गरिएको थियो। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको सहमति दिइएको छ।
गृह मन्त्रालय तथा मातहतका कार्यालयहरूका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति उपलब्ध गराइएको जानकारी दिइएको छ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend