Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ तोलामै २० हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, माघ १६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज अहिलेसम्मकै उच्चदरमा घटेको हो।

    आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुन तोलाको तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको छ।

    हिजो सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। यो सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो हो।

    हिजो जति बढेको थियो, सुनको मूल्यमा आज त्यति नै गिरावट आएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार