काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले सद्भावलाई गाँस्ने काम गर्ने बताएका छन् । बिहीबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए ।
उनले काँग्रेसले पार्टीमा आमुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउँदै काँग्रेसले सद्भाव जोड्नेदेखि सुशासनको पक्षमा काम गर्ने दाबी गरे । उनले काँग्रेसले अहिले विगतमा गरेका राम्रा काम जनतामा लैजाने र गरेका गल्तिप्रति माफी माग्दै अगाडी बढ्ने स्पष्ट गरे ।
उपसभापति शर्माले सद्भाव, सुशासन र उन्नतिको मुद्धालाई अगाडी बढाउन काँग्रेसले सभापति गगन थापालाई अगाडी बढाएको बताए ।
उनले काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार रहका सभापति गगन थापालाई टुँडिखेलमा होस् या रङ्गशालामा होस् बहस गर्न पठाउन तयार रहेको बताए । उनले काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारसँग अनुभव पनि छ उत्साह पनि छ, संयम पनि छ, परिपक्वता पनि छ धैर्यता पनि छ र भिजन पनि रहेको बताए ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend