Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै नौ हजार ५ सयले बढेर सुन हालसम्मकै उच्च मूल्यमा, तोलाको कति पुग्यो ?


    बुधबार, माघ १४ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा नौ हजार ५ सयले बढेर हाल सम्मकै उच्च मूल्य कायम गरेको हो।

    बुधबार छापवाल सुन प्रतिटोला ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार