Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  प्रचण्ड–माधव समूहको बैठक बस्दै, सर्वोच्चको फैसलाको बारेमा समीक्षा गर्ने


    सोमबार, फाल्गुन २४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । खारेज भएको नेकपाको प्रचण्ड–माधव समूहको बैठक आज ११ बजे बस्दैछ ।  सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएर एमाले–माओवादी एकता नै खारेज गरेपछि आफ्नो धारणा सार्वजनिक गर्न सो समूहले बैठक राखेको हो ।

    एउटै पार्टी हुँदा पनि मिल्न नसकेको अवस्थामा सार्वोच्चले पार्टी नै आधिकारिकता नभएको फैसला गरेपछि उनीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै बनेका छन् ।

    एमाले र माओवादी केन्द्र एक भएपछि निर्वाचन आयोगमा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्कै व्यक्तिका नाममा दर्ता भइसकेका छन् ।

    यस्तो अवस्थामा भावी रणनीतिबारे छलफल गर्न प्रचण्ड–माधव समूहले आज ११ बजेका लागि बैठक बोलाएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमवार बिहान ११ बजे बस्नेछ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार साँझ कानुन व्यवसायीहरुसँग परामर्शपछि पार्टीको स्थायी कमिटी बैठक बसेर सर्वोच्चको फैसलाबारे आवश्यक निर्णय गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार