Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फैसला संविधान एवं कानूनको बिरुद्धमा छः नारायणकाजी श्रेष्ठ


    आइतबार, फाल्गुन २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले खारेज गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको फैसलाले सहजबोध(कमनसेन्स) भएका सबैलाई आश्चर्यचकित पारेको बताएका छन् । उनले सर्वोच्चको फैसालाका बारेमा सामाजिक संजालमा लेखेका छन्– सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिइनेछ । अहिलेलाई यति भनिहालौंः

     एक, यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहजबोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।

     यो फैसलाले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालीन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन । रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ । त्यतिमा मात्र सीमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भए पनि स्वाभाविक हुनेथियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनको बिरुद्धमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।

    दुई, नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र ब्यबस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्नेतर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ ।

    त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको  थियो ‘अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भए पनि प्रतिगामी षडयन्त्र एवं निरंकुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार