Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउमा निरन्तर नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    आइतबार, माघ ११ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा सुनको भाउ निरन्तर नयाँ उचाईमा पुगेको छ। शुक्रबार तोलामा नौ हजार दुई सय रुपैयाँ बढेर तीन लाख एक हजार चारसय पुगेको सुनको भाउ आज तोलामा दुई हजार चारसय रुपैयाँ बढेको हो।

    मूल्य बढेर सुनको भाउ आज तोलाका तीनलाख तीन हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।

    शुक्रबार सुनको भाउ तोलाको तीन लाख एक हजार चारसय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा २९० रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार ४८० पुगैयाँ पुगेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार