काठमाडौं । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलकै पक्षमा हुने फैसला गरेपछि राजनीति तरंगित भएको छ । सर्वोच्चको फैसलासँगै केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपा खारेज भएको छ । दुई बर्षअघि कट्टेलले दायर गरेको मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश दिएको हो ।
सर्वोच्चको आदेशसँगै साविक नेकपा एमाले र माओवादी केन्द्रका रुपमा रहने अनुमान गरिएको छ । तर ती नाममा पनि सन्ध्या तिवारी र गोपाल किराँतीले दल दर्ता गरिसकेका छन् ।
नेकपाको आधिकारिकता सर्वोच्चले कट्टेललाई दिएपछि अब केपी ओली र प्रचण्डले नेतृत्व गरेको पार्टी अवैध भएको छ । अब नेकपामा रहेका सांसदहरु सर्वोच्चको आदेशसँगै स्वतन्त्र भएका छन् ।
सर्वोच्चको आदेशले ओली र प्रचण्डहरुलाई अलग अलग दल दर्ता गर्न बाटो खुलेको छ । अब अलग अलग दल दर्ताको प्रक्रियामा ओली र प्रचण्ड लाग्ने बिकल्प खुला भएको छ । ओली–प्रचण्डको दल खारेज भएसँगै २७३ सांसद नै स्वतन्त्र भएका छन् । निर्वाचन आयोगले ओली र प्रचण्डलाई आधिकारिकता नदिए पनि सर्वोच्चको यो आदेशसँगै दुवैलाई अलग अलग दल दर्ता गर्न बाटो खुलेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend