Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–माधव समूहले सांसदहरुलाई १ बजे सिंहदरवार बोलायो


    आइतबार, फाल्गुन २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि नेपाल कम्युनिष्ट पार्टी (नेपाल–दाहाल) समूहले आफ्ना सांसदहरुलाई अहिले दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा बोलाएको छ । 

    अपरान्ह ४ बजे पुर्नस्थापित प्रतिनिधिसभाको बैठक बस्नुअघि यो समूहले आफ्ना सांसदहरुलाई बोलाएको हो । बैठकमा हुनसक्ने मूठभेड, सांसदहरुले निभाउनु पर्ने भूमिका आदिवारे बिफ्रिङ गर्न बोलाएको अनुमान गरिएको छ । आजसम्म नयाँ सरकार गठनका विषयमा अरु दलहरुसँग भएका कुराकानी, सम्भावना र चाल्नु पर्ने कदमबारे पनि सांसदहरुलाई जानकारी गराईने बुझिएको छ । 

    संसदीय दलका दुवै सदनका गरी यो समूहसँग ११५ सांसद रहेको बताएको छ । शुक्रबार माधव–प्रचण्ड समूहको ससदीय दलको बैठक बसेको थियो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार