Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउमा नयाँ कीर्तिमान, तोलाकै ३ लाख नाघ्यो


    शुक्रबार, माघ ९ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज ९शुक्रबार० सुनको मूल्य प्रतितोला ३ लाख नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । सुनको यो मूल्य हालसम्मकै कीर्तिमानी मूल्य हो ।

    आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य तोलामा ६ हजार नाघेको छ । आज चाँदी ३२० रुपैयाँ बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार