सभामुखलाई भेटेर फर्कदै अध्यक्ष प्रचण्डसहितका नेताहरु
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा दुई नेकपाको ब्यवस्थापन कसरी गर्ने भन्नेबारेमा अन्योल काउम छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय दलको नेता पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मान्यता दिएमा ओली समूहले बबन्डर मच्चाउने संभावना छ ।
प्रतिनिधिसभामा संसदीय दलको नेता प्रचण्डलाई मान्यता दिएमा ओली समूहले सभामुख बिरुद्ध हुलहुज्जत गर्नसक्ने प्रवल सम्भावना छ । त्यही भएकाले सभामुखले नेकपाको प्रचण्ड–माधव समूहसँग आइतबार बिहान परामर्श गरेका छन् ।
आइतबार बिहान प्रचण्ड–माधव समूहका नेताहरु भेला भएर छलफल गरी सभामुख सापकोटासँग परामर्शका लागि गएका थिए । सभामुखसँग उनीहरुले करिब २० मिनेट छलफल गरेका थिए । प्रधानमन्त्री केपी ओलीले संसदीय दलमा अल्पमतमा परेपछि पनि राजीनामा दिएका छ्रैनन् । राजीनामा नदिएको अवस्थामा अविश्वास प्रस्ताव अघि बढाउने बताएको प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित छ । यही अन्योलका बीचमा उनीहरुले सभामुखसँग परामर्श गरेका छन् ।
शुक्रबार बसेको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठक अघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने, नदिए अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend