काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदैछ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा बुधबारसम्म उजुरी दिने कार्यतालिका थियो ।
उक्त उजुरीपछि आज बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरीउपर छानबिन एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैबीच, उम्मेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उमेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।
आयोगले तालिकाअनुसार मंगलबार ९माघ ६० देशैभर उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो । मनोनयन पत्र दर्ता गरेका उमेदवारहरूउपर बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म दाबीविरोध पेस गर्ने समय तोकिएको थियो ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend