Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दाबी


    शनिबार, फाल्गुन २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा ओली समूहको संसदीय दलको  बैठक बालुवाटारमा सकिएको छ । बैठकमा बहुमत सांसद उपस्थित भएको  ओली समूहको दावी रहेको छ । भाली बस्ने प्रतिनिधिसभा बैठक अघि  तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

    बैठक संसदीय दलको कार्यालयमा नबसी बालुवाटार बसेको थियो । संसदीय दलको  बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ।  । शुक्रबार नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा   १११ सांसद उपस्थित भएको र अन्य चार जना विशेष कारणले काठमाडौं बाहिर भएको प्रचण्ड–नेपाल   समूहको दावी छ ।

    ओली समूहको आजको बैठकमा पत्रकारलाई पनि भित्र जान रोक लगाइएको थियो ।बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।

    गत पुस ५ मा  विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेपछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक भोली  २३ गते  लागि आह्वान गरिएको छ । 
    पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि  नेकपा दुई खेमामा बिभाजित भएको छ ।

    एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रचण्ड–नेपालले  गरिरहेका छन् । अहिलेसम्म निर्वाचन आयोगले  पार्टी  टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप जटिल बन्दै गएको छ । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा १११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरेकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार