Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहमतिलाई इमान्दारीपूर्वक पालना गर्नेछौंः विप्लव


    शुक्रबार, फाल्गुन २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं ।  बिद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमति इमान्दारीपूर्वक पलाना गर्ने बताएका छन् । बिप्लवले सम्बोधनका क्रममा भने–सरकार र आफूहरुबीच भएको सहमति नेकपा र सरकारबीचको मात्र होइन, त्यो भित्र महान आकांक्षा छ, नेपाल देशलाई स्वाधिन बनाउने चाहना छ । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका सबोधनका क्रममा राखेका छन् ।

    सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको उनले बताएका छन् ।सरकारसँग भएको सहमतिलाई उनले कर्णालीतिर गाइने गीतको स्मरण गर्दै ‘घाम र जूनको भेट’ सँग तुलना गर्दै भने, अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’

    विप्लवले सरकार र आफ्नो पार्टीबीचको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको बताए ।

    आजसम्म धेरैका इच्छा पूरा भए, तर नेपालका जनताको चाहना पूरा भएको छैन । दुःख गरी खाने नेपालीको चाहना पूरा भएको छैन, उनले भने–शहीद परिवारलाई विश्वास दिलाऔं, बेपत्ता योद्धाहरुको कुरा सुन्नुपर्छ, घाइतेहरुको कुरा सुन्नुपर्छ ।

     कम्युनिष्टहरु सधैं बिद्रोही हुन्छन् । तर शान्तिका दूत पनि कम्युनिष्ट नै हुन्छन्, विप्वलको भनाइ थियो ।

    विप्लवले आफ््नो सम्बोधनका क्रममा आफ्नो पार्टीका डेढ सय कार्यकर्ता जेलमै रहेको बताए । उनले भने, केही छुटिसक्नुभयो, उहाँहरु पनि छुट्नुहुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार