Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा १०५ सांसदको उपस्थिति


    शुक्रबार, फाल्गुन २१ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलमा १ सय ५ जना सांसद उपस्थित भएका छन् । दाहाल–नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । उक्त बैठकमा १ सय ५ सांसदले हस्ताक्षर गरेका छन् । सो समूहले संसदीय दलको बैठकअघि हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर गर्ने सांसदको संख्या १ सय ५ पुगेको नेकपा दाहाल–नेपाल समूहले जनाएको छ ।

    दाहाल–नेपाल समूहको संसदीय दलको बैठक वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुरू भएको छ । फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ । आइतबारबाट प्रतिनिधिसभाको अधिवेशन शुरु हुँदैछ । उक्त अधिवेशनमा नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी नेकपा दाहाल नेपाल समूहको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार