काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । संसदीय दलको बैठकअघि नै सो समूहले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा २ बजेदेखि दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक बसेको छ ।
दाहाल–नेपाल पक्षले नेकपाका ९२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । आजको बैठकबाट उक्त समूहमा कति सासद छन् भन्ने स्पष्ट हुनेछ ।
निर्वाचन आयोगमा दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषयले अर्थ राख्छ ।
प्रतिनिधिसभामा नेकपाका १७३ सांसद रहेकोमा ओली पक्षले १ सय भन्दा आफ्नो पक्षमा रहेको दाबी गरेको छ । दाहाल–नेपाल पक्षले ९३ जना आफ्नो पक्षमा भएको भन्दैआएको छ । प्रधानमन्त्री ओलीले संसद बिघटन अघि २०७७ पुस ५ अघि सांसद पम्फा भूसाल र भीम रावल ९३ सांसदको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव ल्याउन प्रतिनिधिसभाको विशेष अधिवेशन डाक्नका लागि निवेदन दिन गएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend